२४ असार २०८३, बुधबार

बाटोमा हिँडिरहेकी युवतीलाई पुरूषले गोप्य अंग देखाएपछि…

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक युवतीमाथि यौन दुर्व्यवहार भएको घटना चर्चामा छ ।

ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई एक जना पुरुषले गोप्य अङ्ग प्रदर्शन गरेपछि ति युवतीले प्रतिरोध गरेको भिडिओ भाइरल भइरहेको हो ।

आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । उनी एक्लै हिँडिरहेका बेला एक पुरूषले उनलाई गोप्य अंग देखाएको उनले भिडिओमा उल्लेख गरेकी छिन् ।

उनले उक्त घटनापछि ति पुरूषलाई पछ्याएको भिडिओमा देख्न सकिन्छ । उनले आफ्नो मोबाइलबाट भिडिओ खिच्दै ति पुरूषलाई पछ्याउँछिन् र अन्य व्यक्तिको सहयोगमा उनलाई नियन्त्रणमा लिन सफल हुन्छिन् ।

अन्य व्यक्तिले समातेपछि ति पुरूषले माफी मागेको भिडिओमा देखिन्छ । साथै युवतीले उनलाई ‘घरमा दिदी बहिनी छैनन्’ भन्ने प्रश्न गर्दै खुट्टा समेत ढोग्न लगाउँछिन् ।

पीडित युवतीले प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएकी छिन् । युवतीको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जानकारी दिइएको छ ।