२२ असार २०८३, सोमबार

पूर्वाधारमन्त्री फेरि विवादमा, मेयर र मन्त्रीलाई नै थुन्ने धम्की

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक पूर्वाधारमन्त्री फेरि विवादमा तानिएका छन् ।

विवादित अभिव्यक्ति दिएर पटक पटक विवादमा तानिँदै आएका मन्त्री सुनिल लम्सालले फेरि काम नगर्ने मेयर र प्रदेशका मन्त्रीलाई थुन्ने धम्की दिएपछि विवादमा तानिएका हुन् ।

आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले मेयर र प्रदेश मन्त्रीले काम नगरेर जनताको अवहेलना गरे थुन्ने चेतावनी दिए ।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन,’ मन्त्री लम्सालले भने ।

यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो ।

उनले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने विषयमा जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह पनि गरे ।