३२ असार २०८३, बिहिबार

खामेनीको शव यात्रामा देखिएको रातो झण्डाको अर्थ के हो ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शव यात्रामा हजारौं इरानीहरू रातो झण्डा बोकेर शोक व्यक्त गरिरहेका छन् ।

उनीहरुले बोकेको रातो झण्डाहरूमा ‘या लथारात अल–हुसैन’ र ‘या लथारात अल–खामेनी’लगायतका नाराहरू लेखिएको छ । उक्त झण्डाहरूलाई केवल शोकको मात्र नभई बदला र प्रतिशोधको प्रतीकका रूपमा पनि लिइने इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शिया परम्परामा, रातो झण्डाले शहीदको रगतको बदला लिने संकल्पलाई जनाउँछ । यसले शहीदमाथि गरिएको अन्यायको बदला लिन अझै बाँकी छ भन्ने सन्देश दिएको छ ।

यस्तै, ‘या लथारात अल–हुसैन’ यो नारा ईस्वी ६८० मा कर्बलामा इमाम हुसैनको बलिदानसँग सम्बन्धित छ । शिया समुदायले यसलाई अन्यायविरुद्धको सङ्घर्ष र न्यायको मागको प्रतीकका रूपमा लिन्छन् ।

यसैगरी, ‘या लाथरात अल–खमेनी’ नारा भने पहिलोपटक प्रयोग गरिएको इरानी सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । खामेनीको नाम लिँदै यो नारा खामेनीको हत्यापछि पहिलोपटक प्रयोग गरिएको थियो । यसले खामेनीका समर्थकहरूले उनको हत्याको बदला लिन आह्वान गरिरहेको संकेत गर्छ । साथै, यसले खामेनीको विचारधारालाई अगाडि बढाउने प्रतिज्ञा गरिरहेको पनि जनाउँछ ।