२२ असार २०८३, सोमबार

इरानी राष्ट्रपतिले भने– यो यात्रा प्रिय नेता खामेनीको बिदाइ होइन, उहाँको बाटो पछ्याउने संकल्प हो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम यात्रा बिदाइ नभई उनकै पाइला पछ्याउने संकल्प भएको बताएका छन् ।

एक अन्तर्वार्तामा राष्ट्रपति पेजेस्कियानले भनेका छन्, ‘म यस यात्रालाई बिदाइ मान्दिनँ । यो उहाँको अभियान र विचारलाई अघि बढाउने बाचा हो ।’

पेजेस्कियनका अनुसार अन्त्येष्टि यात्रामा देखिएको विशाल जनसमूह र मानिसहरुका आँखामा देखिएका आँसु कुनै आदेशका कारण सिर्जना भएका होइनन् ।

‘मानिसहरूको व्यवहार कुनै पनि भाषणभन्दा बढी प्रभावशाली हुन्छ र सारा विश्वले यो कुरा बुझ्छ ।’ उनले भने । उनका अनुसार मानिसको भित्री मनमा उर्लने पीडा र शोकबाट आँसु निस्कन्छ र संसारले यो सत्य देख्छ ।

‘हाम्रा प्रिय नेताको अन्त्येष्टि यात्रामा देखिएको हाम्रा आत्मीयजनहरूको व्यवहार सबै शब्द र कुराकानीभन्दा बढी मर्मस्पर्शी र अर्थपूर्ण छ ।’ पेजेस्कियानले भनेका छन् ।