२२ असार २०८३, सोमबार

खामेनीको शव यात्रामा ३ छोरा सहभागी : मोज्तबा अझै पुगेनन्, सर्वसाधारणले लगाए ‘किल ट्रम्प’को नारा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानका दिवङ्गत पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका तीन छोराहरू मसुद, मेसम र मुस्तफा आइतबार उनको शव यात्रामा सहभागी भएका छन् ।

तर खामेनीका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी भने अझै उक्त समारोहमा उपस्थित भएका छैनन् ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इजरायलबाट आफ्नो ज्यानमा खतरा रहेको कारण मोज्तबा अन्त्येष्टिमा सार्वजनिक रूपमा सहभागी भएनन् ।

इरान इन्टरनेशनलको एक रिपोर्ट अनुसार, अन्त्येष्टि यात्राका क्रममा सर्वसाधारणहरूले ‘किल ट्रम्प’ र ‘किल बिबी’ (इजरायली प्रधानमन्त्री)लाई मारजस्ता नारा लगाएका थिए । उनीहरूले नेता खामेनीको हत्याको बदला लिनुपर्ने माग गरेका हुन् ।

खामेनीको अन्त्येष्टि यात्रा आज (सोमबार) तेहरानका सडकहरूमा आयोजना हुनेछ । यसमा लाखौं मानिसहरुको सहभागिता हुने इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खामेनीको शव बाकसलाई सहरका मुख्य सडकहरू हुँदै लगिनेछ । शव यात्रामा धार्मिक नेताहरू, सरकारी अधिकारीहरू र उच्च सैन्य कमान्डरहरूको उपस्थिति रहनेछ ।