काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग ब्राजिल पराजित भएपछि ब्राजिलियन स्टार स्ट्राइकर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
नर्वेसँगको पीडादायी हारपछि ३४ वर्षीय स्टार नेयमारले आफूले अब ब्राजिलका लागि नखेल्ने पुष्टि गरेका हुन् ।
नर्वेसँगको खेलमा नेयमार ६८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले प्रतियोगिताको अधिकांश समय बेन्चमै बिताएका थिए ।
पछिल्लो एकदुई वर्षयता उनी लगातारको चोटको समस्याबाट ग्रसित थिए ।
नर्वेसँग २–१ को हारपछि भावुक बनेका नेयमारले पत्रकार सम्मेलनमा आफूले प्रयास गरेको तर सफल हुन नसकेको बताए । उनले अब अन्तर्राष्ट्रिय फुटबल यात्रा यही टुंग्याएको जानकारी गराए ।
सन्याससँगै विश्वकप उपाधि जित्ने नेयमारको सपना अधुरै बनेको छ भने ब्राजिलको राष्ट्रिय टोलीसँगको उनको यात्रा टुंगिएको छ ।








प्रतिक्रिया