२३ असार २०८३, मंगलबार

दोस्रो ‘नेपाली रूट्स समिट २०२६’ जर्मनीमा सम्पन्न

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्युनिख । जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा समुदायका अगुवाहरूबीच बलियो संजाल निर्माण गर्ने तथा उक्त सञ्जालमार्फत नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपाल समाजको हितमा उपयोग गर्ने उद्देश्यसहित नेपाली रुट्स (Nepali Roots e.V) द्वारा आयोजित दोस्रो ‘नेपाली रुट्स समिट २०२६’ जर्मनीको म्युनिखमा सम्पन्न भएको छ ।

Nepali Roots e.V. जर्मनी तथा युरोपमा रहेका नेपालीमुलका विभिन्न क्षेत्रका विज्ञहरू, बिद्यार्थी, ब्यबसायी आदिलाई जोड्ने उद्देश्यले स्थापना भएको एक सामुदायिक संस्था हो । संस्थाले नियमित रूपमा नेपालि डायस्पोरालाई समेटेर भिभिन्न कार्यक्रमहरू आयोजना गर्दै ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य र नेपालसँगको सम्बन्धलाई अझ अर्थपूर्ण बनाउने प्रयास गर्दै आएको छ ।

यसै पहलअन्तर्गत आयोजना गरिएको दोस्रो Nepali Roots Summit 2026 ले जर्मनीका विभिन्न शहरबाट आएका ९६ जना नेपालीहरुलाई एकै मञ्चमा ल्याएको थियो । कार्यक्रमको अध्यक्ष्यता नेपाली रूट्सका अध्यक्ष डा.कृतन गौतमले गरेका थिए । कार्यक्रमा जर्मनीका लागि नेपाली कार्यबाहक राजदुत सागर प्रसाद फुयालले शुभकामना मन्तब्य राख्दै नेपाली रुट्स नेपाली डायस्पोराको साझा मञ्चका रूपमा महत्वपूर्ण संस्था भएको उल्लेख गरे । उनले परम्परागत कूटनीतिबाट आर्थिक कूटनीतितर्फ सरकारको प्राथमिकता बढ्दै गएको बताउँदै पर्यटन ब्यापार, उद्योग, उर्जा, आइटि, बाणिज्य र नवप्रवतन जस्ता क्षेत्रमा डायस्पोराको ज्ञान, सीप र संजाल उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

गैर आवासीय नेपाली संघ जर्मनी (NRNA Germany) का अध्यक्ष लोकमणि ढकालले नेपालि रुट्स र ल्च्ल्ब् बीच नजिकको सहकार्य आवश्यक रहेको बताउँदै नयाँ पुस्ताको आवश्यकता बुझ्न नेपालि रुट्स जस्ता संस्थाबाट सिक्न चाहेको उल्लेख गरे।

नेपाली रुट्सका सचिब जितेन्द्र कसौधनले सहभागीहरुलाई स्वागत गर्दै नेपाली रुट्स जर्नलको उद्घाटन समेत गरे । उनले विश्वभर फैलिएको नेपाली डायस्पोरा अहिले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगिरहेको सन्दर्भमा उनीहरूबीच बलियो संजाल निर्माण गर्नु समयको आवश्यकतालाइ मध्यनजर गर्दै नेपाली रुट्सले विदेशमा रहेका नेपालीहरूबीच सहकार्य बढाउनुका साथै नेपालसँग ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता तथा लगानीका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको समेत बताए ।

समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्व जस्ता समसामयिक विषयमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र दृष्टिकोण राख्दै व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो प्रोफेसनल संजाल, मेण्टरशिप, तथा सहकार्यको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

छलफलका क्रममा नेपाली डायस्पोराको भूमिका रेमिट्यान्समा मात्र सीमित नरहेको उल्लेख गर्दै ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी सञ्जाल मार्फत नेपाल र विश्व समुदायमा अझ प्रभावकारी योगदान दिन सकिने धारणा व्यक्त गरिएको थियो। साथै, नेपाल र नेपाली डायस्पोरा बीच सहकार्यका नयाँ सम्भावनाहरू पहिचान गर्दै भविष्यका पुस्ताका लागि बलियो समुदाय निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो ।

कार्यक्रममा सहभागीहरूले नयाँ सहकार्यका सम्भावनाबारे छलफल गर्नुका साथै विभिन्न क्षेत्रका नेपालीहरूसँग अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गरेका थिए । डायस्पोरालाई नेपालसंग अझै जोड्नका निम्ति नेपाल सरकारका तर्फबाट पनि नीतिगत पहलहरु जस्तै रिमोट भोटिङ्ग, प्रवासी नेपालि नागरिकता, डायस्पोरा फन्डको उपयुक्त परिचालन जस्ता कुरामा बिशेष जोड दिनु पर्ने बिषयमा छलफल भएको थियो।

नेपालमा उद्यमशिलताको अथाह सम्भावना रहेको र यसको बिकासको निम्ति डायस्पोरा सरकारसंग हातेमालो गरेर अगाडी बढ्न र नेपालको आर्थिक बिकासमा योगदान पुर्याउन तयार रहेको समेत उल्लेख गरिएको छ। आयोजकले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीहरुलाई जोड्ने र नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।