काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिज्म सधैं असफल विचारधारा रहँदै आएको र अझै रहने टिप्पणी गरेका छन् ।
अमेरिकाको स्वतन्त्रताको २५० औं वार्षिकोत्सवको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी हाम्रो देशमा कम्युनिष्टहरू चाहँदैनौँ ।’ साम्यवादको आलोचना गर्दै ट्रम्पले यो अझै भविष्यमा पनि असफल नै रहने टिप्पणी गरेका हुन् ।
ट्रम्पले कम्युनिष्ट प्रणाली अमेरिकी प्रणालीको ठीक विपरीत रहेको बताए । उनका अनुसार साम्यवाद अमेरिकी स्वतन्त्रता, लोकतन्त्र र व्यक्तिगत अधिकारका विपक्षमा उभिएको छ ।
ट्रम्पले भने, ‘हाम्रा सैनिकहरूले विश्वभरका रणभूमिमा कम्युनिज्मविरुद्ध लडे । उनीहरूले यो लडाइँ त्यसै लडेका थिएनन् कि त्यही खतरा अमेरिकामा फेरि फर्कियोस् ।’
अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक








प्रतिक्रिया