काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन साह नेतृत्वको सरकारको एक सय दिन पूर्ण असफल भएको टिप्पणी गरेका छन् ।
लुम्बिनी प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका उनले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनतालाई दिइएको आश्वासन अनुसार साह नेतृत्वको सरकारले काम गर्न नसकेको बताए ।
प्रचण्डले भने, ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यसअर्थमा यो सरकारका सय दिन पूर्णत असफल भएको देख्छु म ।’
उनले अहिले वाम एकताभन्दा पनि एमाले–कांग्रेससहितको सहकार्यको खाँचो रहेको बताए । ‘वाम एकताभन्दा पनि कांग्रेस–एमाले लगायत सबैसँग सहकार्यको कुरा हो । अहिले एकताको कुरा छैन । सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौँ ।’ उनले भने ।










प्रतिक्रिया