१२ श्रावण २०८३, मंगलबार

खामेनीको बिदाइमा लाखौं जनता, लगाए– ‘रगत बग्नेछ’को नारा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेहरानको ‘ग्रान्ड मोसाल्ला’मा इरानी पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई अन्तिम बिदाइ भइरहेको छ ।

खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न लाखौं इरानी जनता भेला भएका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार शोकमा डुबेका जनताहरू कालो पहिरनमा छन् । धेरैले आफ्नो छाती पिट्दै शोक प्रकट गरेका छन् ।

उनीहरुले शहीद नेताको रगतको बदला लिने संकल्पस्वरुप रातो रङको प्रतिशोध जनाउने झण्डाहरू पनि फहराए । त्यसक्रममा ‘रगत बग्नेछ’, ‘अमेरिका मुर्दावाद’ र ‘बदला, बदला’ लगायतका नाराहरु गुञ्जिएको छ ।