काठमाडौं । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तर साइबर ह्यारेसमेन्ट, अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छाड्न बाध्य भएर अष्ट्रेलिया पुगेको बताएकी छन् ।
शनिबार फेसबुकमा लेख्दै उनले सञ्जोग कार्की नाम गरेका व्यक्तिबाट निरन्तर साइबर ह्यारेसमेन्ट, मध्यरातमा फोन र म्यासेज गरेर दुःख दिएकै कारण देश छाड्न बाध्य भएको उल्लेख गरेकी छन् ।
‘यो मान्छेबाट मलाई धेरै दुःख भैसक्यो । उसले गर्दा म देश छोडेर भाग्नु परेको छ । सामाजिक सञ्जालमा मलाई आएका गाली, धम्की सब देखेर परिवारमा सल्लाह गरी मलाई केही समय विदेशमा बसाउने निर्णय भएकोले म अहिले अष्ट्रेलिया छु । म नेपालमा एक्लै भएकोले मेरो सुरक्षाको हितको निम्ति विदेशमा हुनुभएको परिवार : मेरी छोरीको बुवा र मेरी दिदी भिनाजुहरूको सल्लाह र कडा निर्देशन अनुसार म विदेशीएकी छु । मलाई भने डर छैन, मलाई थाहा थियो कि रिक्स छ बोल्नुमा, अपराधीभन्दा पीडितले दुःख भोग्ने समाज हो हाम्रो : यो कुरा पछिल्लो समयमा मैले भोग्नु परेको ट्रोलिंगले सावित गर्छ ।’ उनले लेखेकी छन् ।
उनका अनुसार कार्कीको राजनीतिक पहुँच रहेको छ र कार्कीको गृहमन्त्री सुधन गुरुङका पीए जेम्स कार्कीसँग नजिकको सम्बन्ध रहेको समेत उषाको दाबी छ ।
लामो समयदेखि यस्तो व्यवहार सहँदा आफ्नो मानसिक स्वास्थ्य र व्यक्तिगत जीवनमा गम्भीर असर परेको समेत उनले उल्लेख गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्–
संजोक कार्कीले मलाई फेरि राति राति फोन गर्न थालेको छ ।
केहि दिन अघि मलाई साइबर ब्यूरोले Cyber Bureau फोन गरी भोटाहिटी स्थित साइबर ब्यूरोको अफिसमा आएर मलाई भएको अनलाइन हैरसमेंट केस दर्ता गर्न बोलाउनु भएको थियो । साइबर पुलिसलाई जनता प्रतिको यो सुरक्षाको कवच दिनुभएकोमा धन्यवाद । सुरक्षित महसुस गरेकी थिएँ ।
म त्यो बेला साइबर बुरियो गईन, किनभने संजोक कार्कीले मलाई लेख्न वा फोन गर्न बन्द गरेको थियो, मैले भनेँ, ठीक छ, म पुलिस रिपोर्ट गर्न जान्न, किनकि मैले उसको हर्कतको पर्दाफास गरेको छु, अब त बन्द गर्छ होला हैरेसमेंट गर्न । तर हिजो राति देखि उसले मलाई फेरि मेसेंजरमा मेसेज पठाउन थालेको छ। म यी मेसेज खोल्न चाहन्न किनभने त्यहाँ केहि हुन सक्छ: अश्लीलता देखि ज्यान मार्ने धम्की हुनसक्छ । कि त सामान्य मेसेज हुनसक्छ, र दुर्भाग्यवस सामन्य मेसेजहरू साइबर अपराधमा गनिदैन । तर उसले फोन गर्नु नै एक मेसेज हो: मलाई धम्क्याएको हो ।
ब्लक गर्न उपाय हैन, किनभने यस्ता सिक मानसिकता भएकाले अरु बाटो खोज्छ, अर्को अकाउंट खोल्दै हैरेसमेंट गर्न छोड्दैन ।
यो मान्छेबाट मलाई धेरै दुख भैसक्यो । उसले गर्दा म देश छोडेर भाग्नु परेको छ । सामाजिक संजालमा मलाई आएका गाली, धम्की सब देखेर परिवारमा सल्लाह गरी मलाई केहि समय बिदेशमा बसाउने निर्णय भएकोले म अहिले अस्ट्रेलिया छु । म नेपालमा एक्लै भएकोले मेरो सुरक्षाको हितको निम्ति बिदेशमा हुनुभएको परिवार : मेरी छोरीको बुवा र मेरी दिदी भिनाजुहरूको सल्लाह र कडा निर्देशन अनुसार म विदेशीएकी छु । मलाई भने डर छैन, मलाई थाहा थियो कि रिस्क छ बोल्नुमा, अपराधी भन्दा पीडितले दुख भोग्ने समाज हो हाम्रो : यो कुरा पछील्लो समयमा मैले भोग्नु परेको ट्रोलिंगले साबित गर्छ ।
यो सबै त्रास किन भने, ती संजोक कार्कीको राजनीतिमा पहुँच भएको देखिन्छ । सामाजिक संजालमा भिड़ीयोहरू अनुसार उनको नजिकको मान्छे वर्तमान सम्मानीय गृहमन्त्री सूदन गुरुंगका पी. ए. जेम्स कार्की हुन् । (शायद अहिले ती सामग्री हटाए होला) । यसरी संगै उठबस गर्ने भएरै यतिको invincible, अनि पावरले मातिएको देखिन्छ ।
म तथा हामी जनता सम्माननीय गृहमन्त्रीलाई आदर गर्छु, तर यसरी वहाँको निकटको मान्छेले नै जनतालाई उत्पीडन गर्न थालेपछी निरह र निराश महसुस गरेकी छु । गृहमन्त्री सुदन गुरुङलाई मेरो हार्दिक अनुरोध, कृपया यो मान्छेलाई मलाई हैरानी गर्नबाट रोक्नुहोस्। उसले ममाथि (passive aggressive) हिंसा मात्र गरिरहेको छैन, तपाईं र हाम्रो नयाँ सरकारलाई पनि बदनाम गरिरहेको छ। सुनेको छु, तपाईं उत्पिडितहरूको रक्षा गर्नुहुन्छ भनेर । त्यस्तै न्याय म र सम्पूर्ण नेपालीले कुरीरहेका छौं । नयाँ नेपालमा आशा छ, केहि न केहि परिवर्तन त पाउँ ।
म त बिदेश आउन सकें, तर हाम्रो देशमा उत्पीडनमा पर्नु भाएको र अपराधहरू, डर र त्रास झेली रहनु भएका धेरै जना हुनु हुन्छ, जसको भाग्ने ठाउँ हुन्न । दिनहुँ कुनै न कुनै किसिमको डर र त्रासमा घिटघिटाई बाँच्नु परेको हुन्छ । उपाय हुन्न । हत्या सम्म हुन्छ, उदाहरणको लागि “नेपाली ब्रो” भन्ने मान्छेले ती नारीको हत्या गरे । त्यो पनि यो जस्तै सानो कुराबाट शुरू भएको थियो । नारी, बालबालिका र लैंगिक-तथा-यौनिक-अल्पसंख्यक व्यक्तिहरू यसरी उत्पीडनमा परेको देखिन्छ ।
मैले दुई महिना देखि तयार गरीरहेकी एक समिट, जहाँ म एक वक्ताको रूपमा प्रस्तुत हुनुथियो, त्यो छोडेर लास्ट मिनेट यसरी भाग्नु परेको छ । अर्को हप्ता मेरो फिल्म शुटिंग हुन लागेको थियो, त्यो मैले छोड्नु पर्यो । मेरो कारणले आयोजक समिति तथा निर्माण टोलीमा परेको घाटा प्रति क्षमा माग्दछु । मेरो परिवारलाई म सक्दो सम्झाउने प्रयास गरी छिट्टै नेपाल आउने प्रयास गर्नेछु ।
मलाई मैले संजोक कार्कीको बारे बोले पछि केहि नारीहरूले उनीहरूलाई पनि त्यही किसिमको हैरेसमेंट गरेको स्क्रीनशटहरू पठाएका छन् । वहाँको घरमा दिदी बहिनी, श्रीमति, आमा कोहि हुनुहुन्छ भने प्लीज वहाँलाई सम्झाईदिनु होला: यसरी वहाँले नारीहरुलाई दिक्क नपार्नुहोला । ती नारीहरूको अनुमति सहित म नेपाल आई ती स्क्रीनशटहरू साइबर प्रहरीलाई बुझाउने छु ।
अहिलेलाई मलाई न्याय चाहिएको छ ।
उषा रजक,
A Nepali citizen.
P.S. the screenshot I posted: He called me at 1:31 am in Nepal at night, it shows that it’s 5:31 am here in Australia. He still calls me at night!
And I’ve already checked, it’s his account. I will report all this in person once I come home to Nepal.








प्रतिक्रिया