२० असार २०८३, शनिबार

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको राउन्ड अफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा अर्जेन्टिनाले थप दुई गोल गर्दै जित हात पारेको हो ।

कप्तान लियोनेल मेस्सीले पहिलो हाफमै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेस्सीले २९ औं मिनेटमा गोल गरेपछि पहिलो हाफको समाप्तिसम्म अर्जेन्टिनाले १–० को अग्रता लियो । तर दोस्रो हाफको ५९ औं मिनेटमा डेरोय डुआर्टेले केप भर्डेका लागि बराबरी गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याए ।

दुई टोलीबीचको ९० मिनेटको खेल सकिँदा १–१ बराबरीमै थियो । त्यसपछि, अतिरिक्त समयमा लिसान्द्रो मार्तिनेजले ९२ औं दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

मार्तिनेजले गोल गरेपछि अर्जेन्टिनाले सहजै खेल जित्ने जस्तो देखिएको थियो, तर केप भर्डेका लागि सिड्नी लोपेस काब्रालले १०३ औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबीमा पुर्‍याए । त्यसपछिको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने धेरै प्रयास गरे ।

१११ औं मिनेटमा केप भर्डेका डिनी बोर्जेसले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले ३–२ को अग्रता लिन सफल भयो । त्यसपछि केप भर्डेले ११६ औं र १२० औं मिनेटमा गोल गर्ने प्रयास गरे पनि सफल भएन ।

जितसँगै अर्जेन्टिनाले अब अन्तिम १६ को खेलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।