१ श्रावण २०८३, शुक्रबार

इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले इतिहास रचेको छ । इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

निर्धारित र अतिरिक्त समयपछि खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत लिइएको थियो ।

खेलको सुरुवातमै १३ औं मिनेटमा इजिप्टले एक गोलको अग्रता लियो । करिम हाफेजले दिएको क्रसलाई इमाम आशुरले हेडरमार्फत गोलमा परिणत गरे । विश्वकपमा आशुरको यो लगातार दोस्रो गोल थियो ।

अस्ट्रेलियाले दोस्रो हाफमा बराबरी गोल फर्कायो । ५५ औं मिनेटमा एडेन ओनिलको फ्रिकिक क्लियर गर्ने प्रयासका क्रममा इजिप्टका डिफेन्डर मोहम्मद हानीले झुक्किएर बल आफ्नै टोलीको पोस्टमा छिराए । उक्त आत्मघाती गोलसँगै खेल १–१ को बराबरीमा पुगेको थियो ।

रोमाञ्चक खेलमा निर्धारित र अतिरिक्त समयमा पनि खेलको नतिजा ननिस्किएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा इजिप्ट ४–२ ले विजयी भयो ।