२४ असार २०८३, बुधबार

एकाएक कहाँ गए गृहमन्त्री सुदन गुरूङ ? सुरक्षा संयन्त्र नै हैरान

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई सूचना नै नदिई गायब भएका छन् । उनी कोशी प्रदेशको सीमा क्षेत्रमा गोप्य अनुगमनमा निस्किएका बताइएको छ । उनी पूर्वजानकारी बिना नै एक्लै गोप्य मिशनमा निस्किएपछि सुरक्षा संयन्त्र नै अलमलमा परेको छ।

तस्करी, राजस्व चुहावट र सीमा गतिविधिको वास्तविक अवस्था बुझ्न उनी शुक्रबार साँझ कोशी पुगेका भए पनि उनको यकिन लोकेसनबारे स्थानीय प्रशासन र सुरक्षा निकायसमेत अनभिज्ञ रहेका छन्।

सीमा क्षेत्रबाट हुने चोरी–तस्करी र राजस्व चुहावटबारे बढ्दो जनगुनासोपछि गृहमन्त्री गुरुङले आकस्मिक रूपमा कोशी प्रदेशको निरीक्षण थालेका हुन्। सुरक्षा स्रोतका अनुसार उनी सुनसरी पुगेका छन्, तर कुन स्थानमा छन् भन्ने जानकारी सम्बन्धित सुरक्षा निकायलाई समेत दिइएको छैन।

उनको भ्रमणको मुख्य उद्देश्य सीमावर्ती नाकाहरूको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझ्नु रहेको बताइएको छ। सुनसरीको निरीक्षणपछि उनी मोरङका विभिन्न सीमा नाकातर्फ जाने तयारीमा रहेको स्रोतको भनाइ छ।

गृहमन्त्रीको अप्रत्याशित उपस्थितिपछि मोरङ र सुनसरीका सुरक्षा निकाय उच्च सतर्कतामा राखिएका छन्। स्थानीय प्रशासनले समेत उनी कहाँ पुग्ने भन्ने निश्चित जानकारी नपाएको जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री कोशी आएको जानकारी भए पनि उनी तत्काल कहाँ रहेको भन्नेबारे आधिकारिक सूचना प्राप्त नभएको बताए।

यसअघि पनि गृहमन्त्री गुरुङले मधेस प्रदेशको पर्सा जिल्लामा सीमा क्षेत्रमा पुगेर स्थानीयसँग प्रत्यक्ष छलफल गर्दै तस्करी र राजस्व चुहावटबारे जानकारी लिएका थिए। त्यसको निरन्तरतास्वरूप कोशी प्रदेशमा पनि उनले पूर्वजानकारीबिनै स्थलगत अनुगमन थालेका हुन्।