१९ असार २०८३, शुक्रबार

दराज नेपालद्वारा ‘७.७ महाबचत बजार’ अभियानको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ महाबचत बजार अभियानको आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ७.७ महाबचत बजार सेल अभियान जुलाई ६ (असार २२, २०८३)को बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ । अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरका भौचरहरू समेत उपलब्ध हुने कम्पनीले जानकारी दिइएको छ । उपलब्ध गरिने यी अवसरले आयोजनाको तयारीमा रहेको बृहत्त सेललाई यस सिजनकै सबैभन्दा ठूलो तथा लाभदायक किनमेल अभियानमध्ये एक बनाउने कम्पनीको दाबी छ ।

ग्राहकहरूले सेल अवधिभर दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन् । प्लाटिनम ब्राण्ड पार्टनर्स अन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा तथा पिल्ग्रिमका तर्फबाट ५० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था रहेको छ ।

त्यसैगरी, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्डहाउस, सुजुकी, कोसआरएक्स तथा एंकरका तर्फबाट ६० प्रतिशतसम्म छुट र सिल्भर ब्राण्ड पार्टनर्स एम्परस्यान्ड, मारिको, पि सेफ, फ्यानटेक तथा र्‍होतोका छानिएका उत्पादनहरू ८० प्रतिशतसम्मको विशेष छुटमा उपलब्ध गरिने व्यवस्था गरिएको छ ।

ग्राहकहरूले ब्राण्ड रश आवरको विशेष अफरको पनि लाभ लिन सक्नेछन् । जुलाई ६ को बेलुकी ८ बजेदेखि जुलाई ७ को बिहान २ बजेसम्म सञ्चालन हुने यस विशेष अवधिमा १०० भन्दा बढी ब्रान्डका उत्पादनहरूमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

ग्राहकहरूको बचतलाई अझ बढाउन दराजले ईसेवासँग सहकार्य गरेको छ । ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्राण्ड रश आवर अवधिमा १२ प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट तथा नियमित किनमेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम १,००० रुपैयाँ) छुट प्राप्त गर्न सक्नेछन् ।

जति धेरै किनमेल उत्तिनै ठूलो उपहार जित्ने अवसर

यस अभियानलाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ दराज नेपालले सेल अवधिभर विभिन्न आकर्षक गिभअवेहरू आयोजना गर्ने भएको छ । मेगा गिभअवेअन्तर्गत तीन जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जनही एक एक थान स्मार्टफोन जित्न सक्नेछन् । पुरस्कारहरूमा नथिंग फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू रहेका छन् । यसका साथै, ग्राहकहरूले फ्यानटेक, अल्टिमा र बोस्सिनी लगायतका ब्रान्डका उत्पादनहरू समावेश गरिएका दैनिक गिभअवे मार्फत पनि आकर्षक पुरस्कारहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

दराजमा उपलब्ध कुनै पनि भुक्तानीका माध्यम प्रयोग गरी न्यूनतम ५,००० रुपैयाँ बराबरको खरिद सफलतापूर्वक पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन् ।

त्यसैगरी, सेल अवधिभर कम्तिमा एकपटक सफलतापूर्वक किनमेल गर्ने प्रत्येक ग्राहक दैनिक गिभअवेका लागि योग्य हुनेछन् । दैनिक विजेताहरूको घोषणा सेल अवधिभर हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष (लाइभ) गरिने जानकारी दिइएको छ ।

विशेष डिजिटल भुक्तानी अफर, निःशुल्क डेलिभरी तथा आकर्षक पुरस्कारहरूसहित दराजको ७.७ महाबचत बजारले यस सिजनकै सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।