२४ असार २०८३, बुधबार

अमेरिकी सेनामा रहेका एक नेपालीको गोली लागेर मृत्यु

12.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सेनामा कार्यरत रहेका एक नेपालीको गोली लागेर मृत्यु भएको छ । अमेरिकामा बस्दै आएका समाजसेवी हेम थापाका छोराको गोली लागेर मृत्यु भएको हो ।

अमेरिकी सेनामा कार्यरत २४ वर्षिय सुशिल थापाको दुई दिनअघि निधन भएको हो । सुशील ताप्लेजुङ घर भएर अमेरिका बस्दै आएका समाजसेवी जोडी हेम थापा र माया थापाका कान्छा छोरा हुन्।

उनी हालैमात्र अमेरिकाकी सेनामा पदोन्नति भएका थिए । थप तालिमका क्रममा दुर्घटनाबस चलेको गोली उनको टाउकोमा लागेको बताइएको छ । परिवारले अहिलेसम्म शव प्राप्त गर्न सकेको छैन ।

प्रमोसनपछि केही दिन बिदा लिएर सुशीलले परिवारसँग रमाइलो गरेका थिए । बिदापछि जागीर सुरु गरेको केही दिनमा नै उनको गोली लागेर मृत्यु भएको हो ।