काठमाडौं । पोर्चुगलले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । पोर्चुगलले अन्तिम ३२ को खेलमा क्रोएसियालाई २–१ ले पराजित गरेको हो ।
टोरन्टोमा शुक्रबार बिहान खेलिएको यो खेल रमोञ्चक रह्यो । प्रतिस्पर्धात्मक खेलमा अन्ततः पोर्चुगल विजयी भयो ।
जितसँगै पोर्चुगलले अब अन्तिम १६ मा सन् २०१० को विश्वकप विजेता स्पेनको सामना गर्नेछ ।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे भने गोन्सालो रामोसले निर्धारित समयपछि थप गरिएको इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाए ।
क्रोएसियाका लागि ५३ औं मिनेटमा इभान पेरिसिचले एक गोल गरेका थिए ।
हारसँगै क्रोएसियाली टोली विश्वकपबाट बाहिरिएको छ ।








प्रतिक्रिया