काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गरी अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
लस एन्जलस स्टेडियममा शुक्रबार भएको खेलमा स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई गोल गरे भने पेड्रो पोरोले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै जितमा महत्त्वपूर्ण भूमिका निभाए ।
स्पेनले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गरेता पनि पहिलो गोलको लागि ३६ औं मिनेटसम्म कुर्नुपर्यो । मिकेल ओयार्जाबलले स्पेनलाई १–० को अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमै अस्ट्रियाले खेलमा फर्कने प्रयास गर्यो । ६१ औं मिनेटमा वैकल्पिक खेलाडी सासा कालाज्जिकले हेडरमार्फत गोल गर्ने मौका पाए पनि गोल गर्न भने सकेनन् । त्यसपछि स्पेनले खेलमा पूर्ण नियन्त्रण जमायो । ६६ औं मिनेटमा एलेक्स बाएनाले दिएको सटिक क्रसमा पेड्रो पोरोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै स्पेनलाई २–० अग्रता दिलाए । स्पेनका लागि यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
स्पेनका लागि खेलको ८९ औं मिनेटमा मिकेल ओयार्जाबल आफ्नो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनलाई ३–० को शानदार जित दिलाए ।
अब स्पेनले जुलाई ७ मा पोर्चुगल र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया