काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।
१३ वर्षीया बालिका निर्मला पन्त बलात्कार हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा भण्डारीलाई जिल्ला अदालतले २०८२ जेठ १ गते पत्रकार भण्डारीलाई १ महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले २०८२ चैत २२ गते थप सात दिन कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।








प्रतिक्रिया