२ श्रावण २०८३, शनिबार

बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगनले ४५ औं मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

यस जितसँगै अमेरिकाले अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा सकिएको छ ।