२७ असार २०८३, शनिबार

विश्वकपमा स्पेन र अस्ट्रिया, पोर्चुगल र क्रोएशिया तथा स्विट्जरल्याण्ड र अल्जेरिया भिड्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेल जारी रहेको छ । जसअन्तर्गत शुक्रबार तीन खेलहरु हुँदैछ ।

स्पेन र अस्ट्रियाबीचको खेल नेपाली समय अनुसार शुक्रबार बिहान १२ः४५ बजेबाट सुरु हुनेछ । त्यसपछि पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगल र क्रोएसियाबीचको खेल बिहान ४ः४५ बजे सुरु हुनेछ ।

त्यसपछि स्विट्जरल्याण्ड र अल्जेरिया आमनेसामने हुनेछ । यी दुईको खेल शुक्रबार बिहान ८ः४५ बजेबाट सुरु हुनेछ ।

यी तीन खेलका विजेता टोलीहरूले विश्वकपको प्रि–क्वार्टरफाइनल अर्थात राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।