२० असार २०८३, शनिबार

त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिप्रति महासचिव पोखरेलको व्यंग्य– जान्नेलाई छान्नेको गजबको तरिका रहेछ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेदवार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गरेका छन् ।

सरकारले बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा नियुक्त गरेका किशोर थापा काठमाडौं महानगरको निर्वाचनमा २०७४ सालमा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए ।

‘विद्यार्थी संगठनमाथिको प्रतिबन्ध लगाउने सरकारको असली अनुहार मेयरको उम्मेदवार बनेका पूर्वसचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा कुर्सीमा पुर्‍याएर उदांगिएको छ’ महासचिव पोखरेलले लेखेका छन् । उनले सरकारले राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेशमार्फत रिक्त गरिएको पदमा आफ्नो दलको खास मान्छे नियुक्त गरेको बताए ।

महासचिव पोखरेलले थापाको नियुक्तीप्रति व्यंग्य गर्दै फेसबुकमा लेखेका छन् ‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ । हैन र ?’