२७ असार २०८३, शनिबार

उत्कृष्ट पुनरागमन गर्दै बेल्जियम विश्वकपको अन्तिम १६ मा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ ।

निर्धारित ९० मिनेटको खेल सकिँदा नतिजा २–२ को बराबरीमा रहेको थियो ।

सेनेगलका लागि हबिब डियाराले २४ औं मिनेटमा र इस्माइला सारले ५१ औं मिनेटमा गोल गरे । बेल्जियमका लागि रोमेलु लुकाकुले ८६ औं मिनेटमा एक गोल फर्काए र योउरी टिलेमान्सले ८९ औं मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए ।

खेल अतिरिक्त समयमा धकेलियो । त्यसपछि १२० प्लस ५ औं मिनेटमा योउरी टिलेमान्सले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमका लागि ३–२ को जित सुनिश्चित गरे ।

जितसँगै बेल्जियम विश्वकपको राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।