काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर अवार्ड प्राप्त गरेको छ ।
विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुुशासनसम्बन्धी मापदण्डलाई आधार मानी आईक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरुले प्रकाशित गरेको आ.व २०८१/८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट गरिमा विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आईक्यानको तर्फबाट अध्यक्ष सिए निलबहादुर सारुमगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया