११ श्रावण २०८३, सोमबार

बारामा सिटिजन्स बैंकको निःशुल्क आँखा परीक्षण शिविर : ८०० जनाको परीक्षण, १५० को मोतिबिन्दु शल्यक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेश प्रदेशको बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको यस शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरेको छ । शिविरमा करिब ८०० जना सेवाग्राहीले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन् भने परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।

असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको उक्त शिविर बरैनीया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवा लगायतका स्थानहरूमा आयोजना गरेकोे थियो ।

शिविरमा सहभागी हुने सर्वसाधारणले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गर्नुका साथै आवश्यकता अनुसार मोतिबिन्दुको शल्यक्रिया लिएका छन् । स्थानीय बासिन्दाहरूलाई समयमै आँखा परीक्षण गराई दृष्टिसम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहभागी गराई सर्वसाधारणलाई लाभ पुर्‍याउने उद्देश्यले यो शिविर सञ्चालन गरिएको हो । यस कार्यक्रममार्फत बैंकले समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा जनजीवनको गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।