१९ असार २०८३, शुक्रबार

मानुषी लघुवित्तको साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

बनेपामा सम्पन्न भएको सभाले २ जना सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गरेको थियो ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् ।

१० करोड ९३ लाख ७५ हजार चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५० रुपैयाँ छ ।