१९ असार २०८३, शुक्रबार

श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । गुल्मीमा जंगली जनावरका लागि श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु भएको छ ।

बँदेलबाट बाली जोगाउन धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले राखेको विद्युतीय पासोमा परेर उनकी श्रीमती ६० वर्षीया हुमकला भण्डारी मृत्यु भएको हो ।

पासोमा परेपछि हुमकला चिच्च्याएको आवाजपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएको धेरै बेरपछि मात्रै श्रीमानले घटनाबारे जानकारी पाएका थिए ।

भण्डारी दम्पत्तीका ३ छोराछोरी भएपनि उनीहरू श्रीमान श्रीमती मात्रै घरमा बस्दै आएका थिए । घटनापछि प्रहरीले विद्युतीय धराप थाप्ने भेषराजलाई पक्राउ गरेको छ ।