जनकपुरधाम । मधेश प्रदेश सभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।
विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान भएको प्रदेश सभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।
प्रदेश सभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको उनले बताए ।
मधेश प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।








प्रतिक्रिया