१७ असार २०८३, बुधबार

पशुपतिमा गरगहना लुटेको आरोपमा दुईजना भारतीय पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको गरगरहना लुटपाटमा संलग्न दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमार रहेका छन् ।

उनीहरूबाट सुनको सिक्री, झुम्का, मुन्द्रा, मंगलसुत्र, चाँदीका औँठी, पाउजु, सिक्री, ब्रासलेट, लकेटलगायतका गरगहना बरादम गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले नेपाली रुपैयाँ एक लाख १५ हजार पाँच सय र भारतीय रुपैयाँ ८० हजार पनि बरादम गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।