३१ असार २०८३, बुधबार

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ । यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने बैंकको विश्वास छ ।

हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्ट, मार्केटिङ म्यानेजर सविन राणा तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका प्रमुख, प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारी तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले आगामी दिनहरुमा पनि शिक्षा, स्वास्थ र सामुदायिक विकासको क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रभु बैंकले नेपालभर रहेको आफ्नो ३०० शाखा कार्यालयहरु, २६५ एटिएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गरिरहेको छ ।