काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले सबैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले अति जोखिमयुक्त ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।
मौसम विभागले जोखिमयुक्त ठाँउ पहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ ।








प्रतिक्रिया