१६ असार २०८३, मंगलबार

ट्रम्पको दाबी– आज कतारमा अमेरिका–इरान वार्ता हुन्छ, इरानले गर्‍यो अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानबीच हालैको तनावको बाबजुद पनि शान्ति वार्ताका लागि कूटनीतिक प्रयासहरू जारी छ । दुई देशबीचको अर्को चरणको वार्ता आज मंगलबार कतारको राजधानी दोहामा हुने दाबी गरिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अनुरोधमा आज दोहामा वार्ता हुने दाबी गरेका छन् तर इरानले उक्त दाबीलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले अहिलेको वार्ता अर्को पक्षको प्रतिबद्धताहरूको कार्यान्वयन सुनिश्चित गर्ने मुद्दामा केन्द्रित रहने बताएका छन् ।

यसैबीच, वार्तालाई केन्द्रमा राख्दै दुवै देशले अहिले एकअर्कामाथि आक्रमण रोकेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार, मध्यस्थता गर्ने देशहरूले हर्मुजको जलडमरूमको सम्बन्धमा कुनै पनि तनावपूर्ण अवस्थालाई बढ्नबाट रोक्न दुवै पक्षबीच वार्तालाई सक्रिय पारेका छन् ।

यसपटकको मुख्य वार्ता हर्मुज जलडमरूको व्यवस्थापन र क्षेत्रीय तनाव कम गर्नेमा हुनेछ । जुन १७ मा दुई देश (अमेरिका र इरान)ले १४ बुँदे शान्ति समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।