काठमाडौं । चार पटकको विश्वकप विजेता जर्मनी फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ ।
युरोपेली पावरहाउसको रुपमा परिचित जर्मनी विश्वकपको अन्तिम ३२ मा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको हो ।
मंगलबार बोस्टन रंगशालामा खेलिएको खेलमा पाराग्वेले ४२ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो र पहिलो हाफ टाइममा १–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको ५४ औं मिनेटमा काई हाभर्ट्जले हेडरमार्फत गोल गर्दै जर्मनीका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले निर्धारित समय र अतिरिक्त समयमा थप कुनै गोल गर्न सकेनन् ।
अतिरिक्त समयपछि पनि खेल १–१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । यसअघि जर्मनीले विश्वकपमा कहिल्यै पेनाल्टी सुटआउट हारेको थिएन ।








प्रतिक्रिया