काठमाडौं । राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा १२ का विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुने गरी निर्णय गरिएको आरोप लगाउँदै शिक्षामन्त्रीको जिम्मेवारीबारे सरकारसँग स्पष्टीकरण माग गरेका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै कांग्रेस सांसद घिमिरेले शिक्षा मन्त्रालयको निर्णयका कारण विद्यार्थी अन्योलमा परेको दाबी गरे। उनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ मागे।
“१२ कक्षाका विद्यार्थीको भविष्य बिगार्ने गरी शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले गल्ती गर्नुभयो, त्रुटिपूर्ण निर्णय गर्नुभयो, जसको कारणले विद्यार्थीहरूको भविष्य बिग्रिएको छ,” उनले भने, “शिक्षामन्त्रीलाई के कस्तो कारबाही हुँदै छ ?”
घिमिरेले विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्ने र त्रुटिपूर्ण निर्णयको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने धारणा पनि राखे।








प्रतिक्रिया