१२ श्रावण २०८३, मंगलबार

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने कैलाली धनगढी नगरपालिका घर भई नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्।