२८ असार २०८३, आइतबार

झरना रिसाललाई उत्कृष्ट म्युजिक भिडियो मोडल अवार्ड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री तथा मोडल झरना रिसालले उत्कृष्ट म्युजिक भिडियो मोडल (आधुनिक गीत) विधाको अवार्ड जित्न सफल भएकी छन् ।

उनले १३ औं म्युजिक खबर म्युजिक अवार्ड–२०८२ मा ‘तिमी आँखा म नानी’ गीतबाट अवार्ड जितेकी हुन् ।

अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै रिसालले यो सम्मान सम्पूर्ण दर्शक, शुभेच्छुक, परिवार तथा आफ्नो टिमलाई समर्पित गरेकी छन् । उनले आगामी दिनमा अझ उत्कृष्ट काम गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

रिसालले संगीतकर्मी तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै भनेकी छन्, ‘यो उपलब्धिका लागि संगीतकर्मी तथा सम्पूर्ण टिमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

उनले दर्शकको माया, साथ र विश्वासले आफूलाई अझ प्रेरित बनाएको उल्लेख गर्दै आगामी दिनमा थप उत्कृष्ट काममार्फत दर्शकमाझ प्रस्तुत हुने विश्वास व्यक्त गरेकी छन् ।