१९ असार २०८३, शुक्रबार

विश्वकप : इन्जुरी समयको गोलले क्यानडा पहिलोपटक अन्तिम १६ मा, दक्षिण अफ्रिका बाहिरियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को सह–आयोजक क्यानडाले राउन्ड अफ ३२ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्दै इतिहास रचेको छ ।

लस एन्जलस रंगशालामा भएको खेलमा स्टीफन युस्टाकियोले इन्जुरी टाइम (९० प्लस २ औं मिनेट)मा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै क्यानडाले पहिलोपटक फिफा पुरुष विश्वकपको राउन्ड अफ १६ मा स्थान सुरक्षित गरेको हो । यसअघि क्यानडा १९८६ र २०२२ को विश्वकपमा समूह चरणभन्दा अगाडि बढ्न असफल भएको थियो ।

अब राउन्ड अफ १६ मा क्यानडाले नेदरल्याण्ड्स र मोरक्को बीचको खेलको विजेतासँग सामना गर्नेछ ।

यता पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका पनि पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा पुगेको थियो । यद्यपि राउन्ड अफ ३२ मा हारसँगै जारी विश्वकपमा दक्षिण अफ्रिकाको यात्रा समाप्त भयो ।