काठमाडौं । ईंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हाल ट्रेन्ट ब्रिजमा जारी न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्टकै बीचमा उनले सन्न्यासको घोषणा गरेका हुन् ।
३५ वर्षीय स्टोक्सले न्युजिल्याण्ड विरुद्धको निर्णायक टेस्टको चौथो दिनको खेल सुरु हुनुअघि आफ्ना सहकर्मीहरूलाई आफ्नो सन्यासको निर्णयबारे जानकारी गराएका थिए।
इंग्ल्याण्डको ड्रेसिङ रुममा निकै भावुक हुँदै स्टोक्सले भने, ‘मैले सन्यास लिनुका कारणहरू के हुन् भन्ने कुरा पछि गरौँला, तर मैले यो टोलीका लागि, तपाईँहरूका लागि र मभन्दा अघिका खेलाडीहरूका लागि धेरै पटक कडा मेहनत र संघर्ष गरेको छु। अब मसँग केवल एक पटक कडा मेहनत गर्न बाँकी छ।’








प्रतिक्रिया