२७ असार २०८३, शनिबार

‘हाम्रा नीतिहरू सही छन्, एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्दैन : केपी शर्मा ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले एमालेको नीति सही नरहेको बताउँदै एकताका लागि कुनै नीतिमाथि छलफल गर्ने पक्षमा नरहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेको स्पष्ट पारे ।

उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’

एमालेको यात्रा अहिलेको अवस्थाबाट समृद्विसम्म रहेको ओलीइको भनाइ छ । उनले भने, ‘यस अवस्थादेखि समृद्धिसम्म हाम्रो यात्रा हो। हाम्रो यात्रा समृद्ध नेपाल सुखी नेपालीसम्मको हो। हाम्रो गन्तव्य ठिक छन्।’

‘सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नुपर्ने उनले उल्लेख गरे ।

“आज हामी यतिबेला कहाँबाट समाजवाद निर्माण गर्नु रु यहाँ प्रतिगमन गरेर हैरान छ, यतिबेला प्रतिगमनलाई पराजित गर्नु मुख्य काम हो । सबै लोकतान्त्रिक वामपन्थी शक्ति मिलेर कार्यगत एकताका माध्यमबाट जानैपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ,” उनले भने ।