२९ आश्विन २०८३, बिहिबार

आजैबाट वामपन्थी एकतालाई दीर्घकालीन ढंगले अगाडि बढाउँ : झलनाथ खनाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट एकतालाई आजैको दिनबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले यसअघि विभिन्न कारणले एकता हुन नसकेको उल्लेख गर्दै आजकै दिनबाट दीर्घकालीन ढंगले एकता अगाडि बढाउन माग गरेका हुन् ।

सिंगो कम्युनिस्ट आन्दोलनलाई निष्तेज पार्ने षड्यन्त्र भएकाले सम्पूर्ण कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।

‘यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन ढंगले अगाडि बढाउने कामको थालनी गरौँ,’ उनले भने, ‘वामपन्थी एकता अनन्तकालदेखि आवश्यकता थियो। कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले के पलायो, त्यसैले एकताबद्ध हुन सकेनौँ।’