काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सदस्यता वितरण प्रक्रियालाई लिएर प्रतिनिधिसभामा नेपाली कांग्रेसले प्रश्न उठाएको छ। कांग्रेसले रास्वपाको सदस्यता विवरणमा १८ वर्षभन्दा कम उमेरका हजारौं व्यक्ति समावेश भएको दाबी गर्दै त्यसको कानुनी आधारबारे सरकारको ध्यानाकर्षण गराएको हो।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद रेनुका काउचाले रास्वपाको सदस्यता अभिलेखअनुसार १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको उल्लेख गर्दै यसले संविधान र प्रचलित कानुनसँग मेल खान्छ वा खाँदैन भन्ने विषयमा स्पष्ट जवाफ मागिन्।
उनले बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउन नहुने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै यस्तो अवस्थालाई बेवास्ता गर्न नमिल्ने बताइन्।
“राजनीतिक दलसम्बन्धी ऐन र बालबालिकासम्बन्धी कानुनले १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न निषेध गरेको छ। त्यसको विपरीत यति ठूलो संख्यामा बालबालिकालाई सदस्य बनाइएको तथ्य सार्वजनिक हुनु गम्भीर विषय हो,” उनले भनिन्।
काउचाले सदस्यता प्रक्रियामै कानुनी त्रुटि भएको भए त्यसका आधारमा चयन भएका पार्टीका पदाधिकारी तथा अन्य संरचनाको वैधानिकतामाथि समेत प्रश्न उठ्न सक्ने जिकिर गरिन्।
“विद्यार्थी राजनीतिविरुद्ध अभियान चलाउनेहरूले आफ्नै दलमा बालबालिकालाई सदस्य बनाउनु आफैंमा विरोधाभासपूर्ण देखिन्छ,” भन्दै उनले सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरिन्।








प्रतिक्रिया