१४ असार २०८३, आइतबार

इरानद्वारा कुवेत र बहराइनमा रहेको अमेरिकी अड्डामा आक्रमण, इजरायली सेनाले गर्‍यो लेबनानमा आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीच तनाव बढेको छ । अमेरिकी हवाई आक्रमणपछि इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्दै बदला लिएको हो ।

इरानी सेना र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स बीच समन्वय गर्ने खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अल–फिकरले अमेरिकालाई धम्की दिएका छन् । उनले युद्धविरामको कुनै पनि उल्लङ्घनलाई कडा प्रतिक्रिया दिइने उल्लेख गरेका छन् ।

यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानको नबातिह क्षेत्रमा हिजबुल्लाह लडाकुहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । उक्त कारबाहीमा हिजबुल्लाहका धेरै लडाकुहरू मारिएको इजरायली सेनाको दाबी छ । साथै, इजरायली सेनाले सोही क्षेत्रमा हिजबुल्लाहको रकेट लन्चर नष्ट गरिएको दाबी पनि गरेको छ ।