१४ असार २०८३, आइतबार

मध्यपूर्वमा फेरि तनाव : २४ घण्टामा अमेरिकाले दोस्रोपटक इरानमाथि गर्‍यो आक्रमण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव चर्किएको छ । अमेरिकाले इरानमाथि दोस्रोपटक हवाई आक्रमण गरेको हो । पछिल्लो २४ घण्टामा अमेरिकाको यो दोस्रो ठूलो आक्रमण हो ।

अमेरिकाले होर्मुजको जलडमरूम नजिकै इरानी स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानको सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई रक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्री सुरुङ बिछ्याउने क्षमतालाई लक्षित गरेको बताएको छ ।

सेन्टकमले व्यावसायिक जहाजहरू हर्मुजको जलडमरूबाट गुज्रिरहेको पनि बताएको छ । उसले अमेरिकी सेना पूर्ण रूपमा सतर्क, सक्षम र कुनै पनि परिस्थितिलाई सम्हाल्न तयार रहेको उल्लेख गरेको छ ।

यसैबीच, इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीले सैन्य स्रोतहरूलाई उद्धृत गर्दै दक्षिणी शहर सिरिक नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ ।

अमेरिकी सेनाले शुक्रबार इरानी क्षेप्यास्त्र र ड्रोन भण्डारण सुविधाहरू साथै राडार साइटहरूमाथि पनि आक्रमण गरेको थियो ।

जुन २५ मा सिंगापुरको कार्गो जहाज ‘एमभी एभर लभ्ली’माथि इरानी ड्रोन आक्रमणको प्रतिक्रियामा यो कारबाही गरिएको सेन्टकमले जनाएको छ ।