२ श्रावण २०८३, शनिबार

उज्बेकिस्तानविरुद्ध कंगोको जित, पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को खेलमा डीआर कंगोले उज्बेकिस्तानलाई पराजित गरेको छ ।

आइतबार बिहान भएको खेलमा कंगोले उज्बेकिस्तानलाई ३-१ ले पराजित गरेको हो ।

६८ औं मिनेटमा कंगोका योआन विसाले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ७८ औं मिनेटमा फिस्टोन मायेलीले गोल गरे ।

योआनले नै इन्जुरी समयमा गोल गर्दै कंगोको लागि ३–१ को जित सुनिश्चित गरे ।

उज्बेकिस्तानका लागि एल्डोर शोमुरोडोभले एक गोल गरेका थिए ।

जितसहित कंगो चार अंकका साथ समूहमा तेस्रो स्थानमा रह्यो । तर नकआउट चरणमा छनोट हुन असफल भयो । उज्बेकिस्तान तीनै खेल हारेपछि शून्य अंकका साथ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

यसैगरी, आज भएको खेलमा कोलम्बिया र पोर्चुगलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोली गोलको खोजीमा रहे पनि गोल गर्न सकेनन् ।

समूह ‘के’मा पोर्चुगल दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ को स्थान सुरक्षित गरेको छ । कोलम्बियाली टोली पहिले नै अर्को चरणमा प्रवेश गरिसकेको छ ।