४ श्रावण २०८३, सोमबार

राजेन्द्र लिङ्देनको दाबी– रास्वपाको पतनपछि राप्रपाकै पालो आउँछ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् । रास्वपाको पतनपछि राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनले बताए ।

उनले राप्रपालाई बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताए ।

लिङ्देनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो आउँछ । त्यसका लागि हामीले मेहनत गर्नुपर्छ । हामीले जनतालाई राप्रपा फेरियो र सुध्रियो भन्ने सन्देश दिनुपर्छ । अब गुट उपगुटको कुनै नेताको पुच्छर समाएर पार्टीमा टिक्ने होइन, जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र यो पार्टीलाई बलियो बनाउने काममा हामी लाग्नुपर्छ ।’

पार्टीभित्र गुट उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा लिङ्देनको जोड थियो ।