काठमाडौं । सुकुम्बासी तथा भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौँ’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’, ‘डोजर होइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’, ‘सूचना मात्रै होइन समाधान चाहिन्छ’, ‘बस्ती हटाउने खेल बन्द गर, गरिबमाथि अन्याय बन्द गर ।’ लगायत लेखिएको प्लेकार्ड देखाएर विरोध गरेका हुन् ।
तस्वीरहरु : दामोदर सापकोटा









प्रतिक्रिया