३० असार २०८३, मंगलबार

अमेरिका–इरानबीच फेरि तनाव

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ ।

अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेको हो । अमेरिकी सेनाले शुक्रबार करिब एक घण्टासम्म इरानी क्षेप्यास्त्र र ड्रोन स्थल सुविधाहरूका साथै तटीय राडार स्थानहरूमा आक्रमण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम उल्लङ्घन गरेको कारणले बदला लिइएको दाबी गरेका छन् ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार इरानले जुन २५ मा होर्मुजको जलडमरूमा सिंगापुरको कार्गो जहाज ‘एमभी एभर लभ्ली’मा ड्रोन आक्रमण गरेको थियो ।

यसैबीच, इरानको सरकारी समाचार एजेन्सी आईआरएनएको दाबी अनुसार, रिभोलुसनरी गार्ड्स (आईआरजीसी)को नौसेनाले अमेरिकी आक्रमणको बदला लिने उद्देश्यले त्यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको घोषणा गरेको छ ।

आईआरजीसीले एक बयान जारी गर्दै अमेरिकाले इरानको तटमा हवाई आक्रमण गरेको उल्लेख गरेको हो । उसले आक्रमणहरूलाई युद्धविराम र अमेरिकी प्रतिबद्धताहरूको उल्लङ्घनको रूपमा वर्णन गरेको छ । साथै, प्रतिक्रियामा अमेरिकी सैन्य तैनाथी केन्द्रहरूलाई लक्षित गरिएको बताएको छ । तर कुनकुन क्षेत्रको अमेरिकी सैन्य अड्डाहरुलाई निशाना बनाइएको र क्षतिको बारेमा भने विवरण जारी गरेको छैन ।

आईआरजीसीले अमेरिकी आक्रमण दोहोरिए इरानको प्रतिक्रिया अझ कडा हुने चेतावनी समेत दिएको छ ।