३१ असार २०८३, बुधबार

भेनेजुएला भूकम्प : मृतकको संख्या ९०० नाघ्यो, ३३ सय घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको दुई भूकम्पबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । ३ हजार ३ सयभन्दा बढी मानिसहरू घाइते भएका छन् ।

अझै हजारौं बेपत्ता भएको बताइएको छ । यसअघि सरकारले ३९ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको बताएको थियो । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।

धेरै क्षेत्रमा सरकारी उद्धार टोलीको अभावका कारण मानिसहरू आफ्ना प्रियजनको खोजी गर्न आफैं भग्नावशेष पन्छाइरहेका छन् ।

शुक्रबारसम्म २ सय ४३ जनालाई जीवितै उद्धार गरिएको छ ।