काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिनसक्ने भएका छन । सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो ।
ग्राहकहरूले सिटिजन्स बैंक इन्टरनेसनलको डिजीबैंक सेवामार्फत बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङबाट नै प्रत्यक्ष रूपमा एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई अझ सरल, छिटो तथा सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट २० लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया