२८ असार २०८३, आइतबार

विवादका कारण छैटौं दिनसम्म लम्बिएको रास्वपा महाधिवेशनमा आज बिहानको चिया मात्रै, छैन खानाको व्यवस्था

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खर्च अभावको कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आज (शुक्रबार) बिहानको चिया मात्र उपलब्ध गराइएको छ । व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ ।

ढिलाइ र विभिन्न विवादका कारण छैटौं दिनसम्म लम्बिएको महाधिवेशन आज नयाँ पदाधिकारी चयनसँगै सम्पन्न गर्ने तयारी गरिएको छ ।

आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइका बीच महाधिवेशन सञ्चालन भइरहेको बताइएको छ ।

महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ ।